‘गिग इकोनोमी’को एउटा पाटो जसले ५५ हजारलाई नेपालमा रोजगारी दिदै

टुटल पठाओ जस्ता ‘राइड सेयरिङ’ व्यवसायले नेपालमा धेरै उतारचढाव भोगे । नेपालमा मात्र नभएर विश्वका बिभिन्न सम्पन्न मुलुकमा समेत सञ्चालनमा आइसकेका यस्ता प्रकृतिको व्यवसायले ती देशहरुमा भने सायदै नेपालमा जस्तो अप्ठ्यारो भोगे होलान् ।

 

विश्व अहिले नयाँ खाले अर्थतन्त्रको परिक्षणमा रहेको छ । ‘गिग इकोनोमी’को रुपमा चर्चित हुँदै गरेको यस्तो अर्थतन्त्रमा स्थायी जागिर नखाने, उपभोग्य वस्तुहरु पनि आफैं नकिनेर भाडामै चलाउने परिपाटी विकास हुँदै गइरहेको छ । साँस्कृतिक क्षेत्रमा पनि यस्तो प्रबृत्ति विकास हुँदै गइरहेको छ, विवाह नगर्ने तर, ‘लिभ इन रिलेसन’मा बस्ने ।

 

निजी सम्पत्ति नराख्ने, विवाह जस्तो संस्थामा बस्न नरुचाउने परिपाटीलाई पूँजीवादी व्यवस्थाको अन्त्य हुँदै समाजवादी समाज निर्माणको पहिलो चरणको रुपमा उत्साहित हुँदै ब्याख्या गर्न थालेका छन् बामपन्थी बुद्धिजीवीहरु । र, त्यस्तो समाज निर्माणको लागि प्रविधिको विकासलाई उत्साहित हुँदै उनीहरुले पछ्याइरहेका छन् ।

 

समाज परिर्वतनको आयामहरुलाई मिहिन ढंगले केलाएर हरेक चिन्तन प्रणालीको नेतृत्व गर्दै र त्यस्तो प्रणालीलाई धक्का दिने विभिन्न शक्तिहरुलाई गम्भिरता पूर्वक लिदैं र त्यसको जर्गेना गर्दै आएका सम्पन्न मुलुकहरुमा ‘गिग इकोनोमी’को शक्तिशाली हतियारको रुपमा उदाएका राइड सेयररिङ व्यवसायहरुले सहज रुपमा सञ्चालन हुन पाउनु स्वभाविकै हो ।

 

निरन्तर राइड गर्नेहरुले मासिक रुपमा ३० हजार देखि १ लाखसम्म कमाउने गरेको चर्चा मध्यबानेश्वर स्थित पठाओको कार्यलयसंगैको चिया पसलमा सुनिइरहन्छ । तर यसका लागि भने धेरै कुरमा ध्यान दिनु पर्ने राइडरहरु बताउँछन् ।

 

तर, भेडाहरुको बथानमा सँधै पछाडि पर्ने भेडोजस्तो हाम्रो राज्यसत्ताले समाजमा आइरहेको परिर्वतन र त्यसका विभिन्न पाटोहरुलाई मिहिन र ब्यापक रुपमा बुझ्न नसक्नु र ‘झुनझुन राजा’का पालाका नियम कानुमा लपेटिएर बस्नुलाई दुखद स्वभाविकता नै मान्नु पर्ला, बामपन्थी भनिएको दलले सरकारको नेतृत्व गरेको अवस्थामा समेत !

 

त्यसैले होला नेपालमा टुटल पठाओ जस्ता व्यवसायले अहिले पनि राज्यसँग लडिरहेको छन् । सुखी नेपाली सम्वृद्ध नेपालको नारा बोकेको ओली सरकारले पटक पटक टुटल पठाओ जस्ता व्यवसाय माथि प्रहार गरिरह्यो । यसको मार व्यवसाय सञ्चालन गर्नेलाई मात्र होइन टुटल पठाओ चलाएर आफ्नो घर परिवार धान्नेलाई धेरै पर्यो । र, सँगसँगै प्रविधिको माध्यमले निजी सम्पक्तिलाई निरुत्साहित गर्दै भाडामा लिने र साझा सम्पती अवधारणा नजानिँदो पाराले विकास गर्दै नेपाली संबिधानले परिकल्पना गरेको समाजवाद तर्फको यात्रालाई समेत निरन्तर अवरोध गरिनै रह्यो ।

 

नेपालमा टुटल पठाओको अवस्था

 

अहिले टुटल र पठाओमा गरेर लगभग ५०/५५ हजार राइडर आबद्ध रहेको कम्पनीहरुको दाबी छ । हरेक दिन पठाओले ३० हजार राइड र टुटलले २० हजार राइड गर्ने समेत कम्पनीले बताउँदै आएको छ । यस्तो व्यवसायले अप्रत्यक्ष रुपमा विदेशिनेको संख्यामा कमी आएको छ ।

निरन्तर राइड गर्नेहरुले मासिक रुपमा ३० हजार देखि १ लाखसम्म कमाउने गरेको चर्चा मध्यबानेश्वर स्थित पठाओको कार्यलयसंगैको चिया पसलमा सुनिइरहन्छ । तर यसका लागि भने धेरै कुरमा ध्यान दिनु पर्ने राइडरहरु बताउँछन् ।

 

राइड सेयरिङ र रोजागारी

 

विदेश जान भनेर पासपोर्ट र ६० हजार रुपैयाँ दलाललाई बुझाएर बसेका टीकाथलीका रमेश महर्जनले ६ महिना पश्चात जसोतसो पैसा र पासपोर्ट फिर्ता लिए । दलाल कम्पनीले विदेश त पठाएन, उल्टै पैसा दिन महिनौ झुलायो । फिर्ता लिएको पैसामा केहि थप गरेर उनले टीभीएस एनटर्क स्कुटर खरिद गरे ।

 

पठाओको अफिस गएर आफु राइडर बने । ‘सुरु-सुरुमा रमाइलो पनि खुबै भयो’, खुसि हुदै उनले सुनाए ।

 

उनी अहिले विदेश जान नपाएकोमा दुखि छैनन् । पठाओमा काम गरेर उनी खुसी भएको बताउछन् । ‘नयाँ नयाँ ठाउ पुगिन्छ । काठमाडौं मै बसेर पनि कति नपुगेको ठाउँहरु अहिले पुगिन्छ । नयाँ मान्छेसँग चिनजान हुन्छ’, उनी सुनाउँछन् ।

 

स्कुटर किनेर गल्ती गरेको महशुस उनलाई त्यत्तिबेला लाग्यो जब जिउ दुख्न थाल्यो । उनी फुलटाइम राइडर भएका कारण स्कुटरमा राइड गर्न गाह्राे भयो । ‘स्कुटरले अलि माइलेज पनि कम दिने रहेछ । स्कुटर त व्यक्तिगत प्रयोगको लागि मात्र राम्रो रहेछ’, उनी भन्छन् ।

 

१ महिना पश्चात उनले टीभीएसकै स्ट्राइकर १२५ सँग एनटर्क स्कुटर एक्सचेन्ज गरे । टीभीएसले सहजै आफ्नो स्कुटरसँग मोटरसाइल एक्सचेन्ज गरिदियो । उनलाई कम्पनीको व्यवहार समेत मन परेको रहेछ । अहिले उनी अरु साथीलाई समेत टीभीएस स्ट्राइक किन्न सुझाव दिन्छन् । फुलटाइम गर्नेलाई टीभीएस स्ट्राइकर उत्कृष्ट मोटरसाइकल रहेछ । यसको माइलेज, पावर, सस्पेन्सन तथा यसको ह्याण्डल एकदमै सजिलो लागेको उनको भनाई छ ।

 

‘पठाओ राइडर भएपछि राम्रो बाटोमा मात्र चलाउँछु भनेर भएन ग्राकहले भनेको ठाँउमा जानै पर्यो । यसको पिक अप पनि राम्रो रहेछ । माइलेज पनि ५० किलोमिटर जति दिइरहेको छ । अहिले त नयाँ पनि छ’, उनले थपे ।

 

सिट पनि आरमदायी रहेको र ग्राकहले पनि हाँस्दै पछाडी बस्न सहज भएको बताउने गरेको उनी सुनाउँछन् ।

 

उनी अहिले विदेश जान नपाएकोमा दुखि छैनन् । पठाओमा काम गरेर उनी खुसी भएको बताउछन् । ‘नयाँ नयाँ ठाउ पुगिन्छ । काठमाडौं मै बसेर पनि कति नपुगेको ठाउँहरु अहिले पुगिन्छ । नयाँ मान्छेसँग चिनजान हुन्छ’, उनी सुनाउँछन् ।

 

उनले आफ्नो रेगुलर ग्राहकहरु पनि धेरै रहेको बताए । अहिले जाडो बढेसँगै उनको कमाई अलि घटेको रहेछ । गर्मीमा मानिसहरु बढि मोटरसाइकल चढ्न रुचाउने भएका कारण उनको व्यवसाय बढ्ने रहेछ । अबको गर्मीमा मासिक ५० हजार रुपैयाँ जोखाउने उनको लक्ष्य छ ।

काठमाडौका विभिन्न स्थानमा आज दिउँसो ४ बजेसम्म बत्ती जाने Read Previous

काठमाडौका विभिन्न स्थानमा आज दिउँसो ४ बजेसम्म बत्ती जाने

१२५ बिघा जमिन सरकारी नाममा फिर्ता भएको मन्त्री अर्यालको दाबी, के हुँदैछ ललिता निवास ? Read Next

१२५ बिघा जमिन सरकारी नाममा फिर्ता भएको मन्त्री अर्यालको दाबी, के हुँदैछ ललिता निवास ?