रेनो ट्राइबर नेपाली बजारमा सार्वजनिक, मूल्य २८ लाखबाट शुरू

काठमाडौं । रेनो ट्राइबरको नेपाली बजारमा बिक्री सुरु भएको छ । रेनोको आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइलले हिजाे राजधानीमा एक कार्यक्रमगरि ट्राइबर सार्वजनिक गरेको हो ।

 

कम्पनीले नेपाली बजारमा यसको मूल्य २८ लाख २० हजार रुपैयाँबाट तोकेको छ । तीन भेरियन्टमा उपलब्द ट्राइबर आरएक्सई भेरियन्टको मूल्य २८ लाख २० हजार, आरएक्सएल भेरियन्टको मूल्य ३१ लाख ६० हजार र आरएक्सजेड भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको हो । रेनो ट्राइबर नेपाली बजारमा पाँच सिटर अप्सनमा उपलब्ध हुनेछ । तर, रेनोले भारतीय बजारमा यसलाई ७ सिट क्षमतामा बिक्री गरिरहेको छ ।

 

आरएक्सई, आरएक्सएल र आरएक्सजेड भेरियन्टमा आउने रेनो ट्राइबर म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । यो मोडलमा १.० लिटरको ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ ।

 

उक्त इन्जिनले ६२५० आरपीएममा ७२ पीएस पावरका साथै ३५०० आरपीएममा ९६ एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसको लम्बाई ४ मिटरभन्दा कम रहेको छ ।

 

कारको लम्बाई ३९९० एमएम, चौडाई १७३९ एमएम र उचाई १६४३ एमएम रहेको छ भने ह्वीलबेस २६३६ एमएम रहेको छ । १८२ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ४० लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।

 

रेनो–निसान–मित्सुविसीको सीएमएफए प्लाटफर्ममा निर्माण भएको रेनो क्वीडको बेस्डमा तयार भएको ट्राइबरको ह्वीलवेस भने क्वीडको भन्दा बढी रहेको छ । ग्राहकले यसमा ६२५ लिटरको विशाल बुटस्पेश पाउने छन् ।

लगानी सम्मेलनमा ‘सोकेस’ गरीएका मध्ये १२ वटा परियोजनामा लगानीकर्ताको सूची तयार Read Previous

लगानी सम्मेलनमा ‘सोकेस’ गरीएका मध्ये १२ वटा परियोजनामा लगानीकर्ताको सूची तयार

बैंक मार्फत धितो रोक्का गर्दा सहरकारीभन्दा ४८ सय महङ्गो Read Next

बैंक मार्फत धितो रोक्का गर्दा सहरकारीभन्दा ४८ सय महङ्गो