बैंक मार्फत धितो रोक्का गर्दा सहरकारीभन्दा ४८ सय महङ्गो

काठमाडौं । घरजग्गा धितो रोक्का शूल्कमा सरकारले सहकारीलाई प्राथमिकता दिदैं आएको छ । बैंक मार्फत धितो रोक्का गर्दा न्यूनतम २ हजार देखि ५ हजार रुपैयाँसम्म शूल्क तिर्नु पर्ने हुन्छ । तर, सरकारले प्रथमिकता दिएका कारण त्यही काम सहकारी मार्फत गर्दा २ सय रुपैयाँदेखि माथी लाग्ने कलंकी मालपोत कार्यालयका मालपोत अधिकृत पुर्ण बहादुर केसीले जानकारी दिए ।

 

उनका अनुसार ३० लाख रुपैयाँसम्मको घरजग्गा धितो संरक्षण गर्दा सहकारी मार्फत गर्नेले २ सय रुपैयाँ शूल्क तिर्नुपर्ने हुन्छ । त्यही धितो रोक्का बैंक मार्फत गर्दा २० लाख भन्दा कमलाई ३ हजार र २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको धितो रोक्का गर्दा ५ हजार रुपैयाँ लाग्ने गरेको छ ।

 

‘हामीले ३० लाखसम्मको धितो रोक्का गर्दा सहकारीलाई २ सय रुपैयाँ लिन्छौं र त्यही धितो रोक्का गर्दा बैंकलाई ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँ शूल्क लिने गरेका छौं,’ केसीले चाणक्यपोष्टसँग भने ।

 

यो भन्दा माथीको धितो रोक्कामा भने बैंक र सहकारी दुवैमा एउटै शूल्क तोकिएको केसीले जानकारी दिए ।

 

१ करोड रुपैयाँसम्मको घरजग्गा धितो रोक्काको शूल्क २० हजार रुपैयाँ रहेको छ भने २ करोड रुपैयाँसम्मको घरजग्गा धितो रोक्का गर्दा ३० हजार रुपैयाँ शूल्क लाग्ने छ ।

 

२ करोड रुपैयाँदेखि माथी ५ करोड रुपैयाँसम्मको धितो रोक्का गर्दा ६५ हजार शूल्क लाग्ने उनले जानकारी दिए । ५ करोड भन्दा माथीको धितो रोक्का गर्दा भने एक लाख रुपैयाँ लाग्ने उनले बताए ।

रेनो ट्राइबर नेपाली बजारमा सार्वजनिक, मूल्य २८ लाखबाट शुरू Read Previous

रेनो ट्राइबर नेपाली बजारमा सार्वजनिक, मूल्य २८ लाखबाट शुरू

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजना लम्बियो Read Next

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजना लम्बियो