काठमाडाैं । अर्घाखाँची सिमेन्टले ग्राहक लक्षित धन वर्षा योजनाको समयावधी थप गरेको छ । उदोगले विगत दुई महिनाअघिदेखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधी केही समयका लागि थप गरेको जनाएको हो ।
अर्घाखाँची सिमेन्टप्रति सम्पूर्ण ग्राहकले देखाउनुभएको सद्भाव तथा ‘धन वर्षा’ योजनामा उत्साहजनक सहभागीतालाई सम्मान गर्दै यस स्योर सट नगद उपहार योजनालाई अतिरिक्त केही समयमा लागि निरन्तरता दिइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडाैं उपहार’ नारा दिइएको यस योजना अर्घाखाँची सिमेन्टलले स्थापनाको पाँचाैं वर्षको उपलक्ष्यमा मंसिर ८ गतेदेखि माघ ८ सम्मका लागि ल्याएको थियो । समयावधी थप भएपनि अन्य शर्तहरुमा केही पनि परिबर्तन नभएको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क््रयाच कुपन पाउनेछन् । जसलाई स्क्र्याच गरी उपभोक्ताहरुले १०० देखि ५००, १०००, १०,०००, २५०००, ५० हजार र १ लाखसम्मको सुयोर सट नगद उपहार पाउनेछन् । यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्नेछ ।
‘यस योजनाअन्तर्गत हामीले हाम्रा उपभोक्ताबाट पाएको साथ, सद्भाव एवं विश्वासप्रति हामी निकै हर्षित छौं । उहाँहरुसँगको सम्बन्धलाई थप सुदृढ गर्न यस योजनाको समयावधी थपिएको हो,’ कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले भने ।
देशैभरी लागूहुने यस योजनाअन्तर्गत भाग्यशाली विजेताले डिलर वा हार्डवयेरमार्फत सिमेन्ट खरिद गर्दाकै समयमा सुयोर सट नगद उपहार प्राप्त गर्नेछन् ।