पाचौँ चेम्बर एक्स्पोमा २५० स्टल रहने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आगामी फागुन १३ देखि १७ गतेसम्म काठमाडौं भृकुटीमण्डपमा ‘पाँचौं नेपाल चेम्बर एक्स्पो २०२०’ आयोजना गरिने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउने चेम्बरले दाबी गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिएको एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए ।
निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासँग केन्द्रित क्रियाकलापबाट देशले फाईदा पाउने चेम्बरले जनाएको छ ।

यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास लिएको छ ।
यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीसँगै मेलामा अटोमोबाइल, विद्युतीय उपकरण, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एकसेसरिज, मोबाइल तथा ग्याजेट लगायत विधाका उत्पादन तथा सेवाहरु आकर्षणका रुपमा रहने छन् ।
मेलामा २५० भन्दा बढी प्रदर्शनी कक्षहरु रहने छन् जस्मा ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू सहभागी हुने छन् ।

नबिल बैंक र लायन्स क्लबीच भिसा कार्ड जारी गर्ने सम्झौता Read Previous

नबिल बैंक र लायन्स क्लबीच भिसा कार्ड जारी गर्ने सम्झौता

आफ्नै निर्माण कम्पनी खोल्दै सरकार Read Next

आफ्नै निर्माण कम्पनी खोल्दै सरकार