नबिल बैंक र लायन्स क्लबीच भिसा कार्ड जारी गर्ने सम्झौता

नबिल बैंक  लिमिटेड तथा लायन्स मल्टिपल डिस्ट्रिककाबिच  एक बिशेष समारोह बिच लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता संगै अब नेपालका लायन्स क्लबका सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्नेछन् । साथै हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ ।

 

उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबंधक बिनय कुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका रहनेमा बिस्वस्त रहेको जानकारी दिए । लायन्स मल्टिपल डिस्ट्रिकका तर्फ बाट चेयरपर्सन डी.आर.खनालले उक्त कार्यको सर्हाना गर्दै नबिल बैंकलाई धन्यवाद दिदै यसको फाइदा लिनका लागि सम्पूर्ण लायन्स सदस्यलाई आग्रह समेत गरे ।

 

उक्त सम्झौता समारोहमा लायन्स क्लब २०१८/१९ का चारै डिस्ट्रिकका गभर्नरहरु अनन्त भेट्वाल, सुनिल ओझा, सुदर्शन धर प्रधानाङ्ग र अशोक श्रेष्ठको समेत उपस्तिथी रहेको थियो ।

एभरेष्ट बैंकद्वारा पोखरामा वातावरणमैत्री शवदाहगृह मेशीन स्थापना Read Previous

एभरेष्ट बैंकद्वारा पोखरामा वातावरणमैत्री शवदाहगृह मेशीन स्थापना

पाचौँ चेम्बर एक्स्पोमा २५० स्टल रहने Read Next

पाचौँ चेम्बर एक्स्पोमा २५० स्टल रहने