काठमाडौं । सरकारले अब आफ्नै निर्माण कम्पनी खोल्ने भएको छ । सरकारी निर्माण कम्पनी मार्फत निर्माण व्यवसायीको क्षमता अनुसार निर्माणको ठेक्का दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।
मन्त्री महासेठले अबको ४/५ दिनमै यस सम्बन्धी निर्णय आउने बताए । हाल उक्त विषय मन्त्रिपरिषद्मा छलफलको क्रममा रहेको उनले जानकारी दिए ।
‘हामीले निर्माण व्यवसायीलाई प्रमोटका लागि आफ्नै निर्माण कम्पनी ल्याउदै छौँ, यसले निर्माण कम्पनीको क्षमता अनुसार ठेक्का वितरणमा सहयोग पुर्याउने छ,’ महासेठले भने ।
हाल काठमाडौंको ठेक्का ७० प्रतिशत सबै एउटै मान्छेले पाएको भन्दै अब ठेकेदारको कार्य क्षमता अनुसार ठेक्का दिइने मन्त्री महासेठले बताए ।