निजगढ विमानस्थलः रुख कटान र वृक्षारोपणमा रुमलिएको महत्वपूर्ण आयोजना

काठमाडौं । नेपालमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो ट्राफिक जामले पनि नेपालमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको खाँचोलाई देखाउँछ । सरकारले ३ वटा थप अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

 

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा रहेका छन् । यि विमानस्थल मध्ये गौतमवुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ भने, पोखरा विमानस्थल पनि निर्माण भइरहेको छ ।

 

निजगढ विमानस्थल निर्माण पहिलो चरणमा छ । निजगढ विमानस्थलको चर्चा २०५१ सालदेखि नै चलेपनि सरकारले आर्थिक वर्ष २०६५/०६६ देखि बजेट विनियोजन गर्न थाल्यो । त्यसयता विमानस्थल निर्माणको काम अघि बढिरहेको छ ।

 

२०७३-१-२३ गते मन्त्रिपरिषदको निर्णयबाट उक्त क्षेत्रमा रहेको १६३१ वटा घर टहरा र ११८७५-०९-१९ विगाहा जग्गा समेत अधिग्रहण गर्ने निर्णय गरेको थियो ।

 

यस एयरपोर्टमा ३६ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको फराकिलो धावनमार्ग रहने छ । पहिला दुई वटा धावनमार्ग बनाउने भनिएपनि अहिले तीन वटा धावनमार्ग बनाउने छलफल भइरहेको निजगढ विमास्थल आयोजना प्रमुख ओम नारायण शर्माले बताए ।

 

आयोजनालाई तीन चरणमा पुरागर्ने नयाँ प्रस्ताव अनुसार अनुमानित ४ खर्ब ३० अर्ब लागत लाग्नेछ । पहिलो चरण निर्माण गर्न १ खर्ब १० अर्ब, दाेस्राे चरण निर्माणका लागि १ खर्ब ४० अर्ब र तेस्रो चरणमा १ खर्ब २० अर्ब लाग्ने अनुमान गरिएको छ ।

 

विमानस्थल निर्माणको उल्झन
विमानस्थल निर्माणको आफ्नै कथा छ । विमानस्थलको मुख्य निर्माण स्थल भित्र रहेको वस्तीको समस्या, रुख कटानको समस्या र लागानी जुटाउने समस्या प्रमुख रुपमा अगाडि रहेका छन् । उक्त स्थानमा २०३२ सालमा वन हेरालुको रुपमा ल्याइएकाहरु कालान्तरमा बढेर हाल १४ सय ७६ घरधुरीको संख्यामा पुगेको आयोजनाले जनाएको छ ।

 

२०७३-१-२३ गते मन्त्रिपरिषदको निर्णयबाट उक्त क्षेत्रमा रहेको १६३१ वटा घर टहरा र ११८७५–०९–१९ विगाहा जग्गा समेत अधिग्रहण गर्ने निर्णय गरेको थियो । सरकारले अहिले ५०–५० मिटरको कंकिटको पोलले तार जाली गरी चार किल्ला घेराबन्दी गरेर राखेको छ ।

 

रुख कटान
विमानस्थलमा रहेको रुख कटानको लागि सेनालाई जिम्मा दिइएको भएपनि हाल उक्त सम्झौताको म्याद सकिसकेको छ । सेनासँगको सम्झौता सकिएपछि फेरी सेनालाई दिने कि अरु कसैलाई दिने भन्ने अझै टुंगो आयोजनाले लगाएको छैन । उक्त सम्झौता अवधि, एउटा पनि रुख नकाटि सकिएको हो ।

 

निर्माण स्थल पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने भएकाले रुख काट्ने अनुमति वन मन्त्रालयले दिइएको छैन । पहिलो चरण ५ लाख ७५ हजार साना र १ लाख ९४ ठुला ठुला रुख काट्नुपर्ने हुन्छ । नेपालको वन मन्त्रालयको नियममा एक विरुवा काटे वापत करिब २५ वटा विरुवा रोप्नु पर्ने नियम रहेको छ ।

 

आयोजनाले विमानस्थलको निर्माणको स्वरुपलाई परिवर्तन गरी अघिबढने बताइएको छ । पुरानो डिजाइन अनुसार जाँदा ज्यादा रुख काटिने भएकाले पछिल्लो समयमा पहिलो चरणमा १०–१५ हजार मात्र रुख काटिने र त्यसमा सालको रुख न्युन मात्र काटिने जानकारी आयोजना प्रमुख शर्माले जानकारी दिए ।

 

वृक्षारोपण
कोरियन कम्पनी ल्याण्डमार्कले बनाएको डीपीआरमा कुल २४ लाख रुख काटिने उल्लेख गरिएको छ । जसमध्ये ६ लाख सालका रुख र १८ लाख साना कुकाठ रहेको छ । तर आयोजनाले एयरपोर्ट सिटी नबाउने र न्युनतम रुख काटेर मात्र आयोजना अघि बढाउने बताउँदै आएको छ ।

 

प्रदेश २ भित्र रहेको नदी किनाराहरु जहाँ फराकिलो भागहरु छन् त्यहि ठाँउहरुलाई सदुपयोग गरी विरुवा रोप्ने योजना रहेको शर्मा जानकारी दिए ।

 

आयोजना निर्माणको हतारो सवैमा भएको जस्तो देखिन्छ । स्थानिय स्तरमा विमानस्थल निर्माण संघर्ष समित निर्माण गरी आन्दोनसमेत भइरहेको छ ।

 

आयोजनाले समेत रुख काटेको क्षतिपुर्ति वापत रोप्नुपर्ने रुख रोप्न प्रदेश नं. २ भित्र विभिन्न ठाँउहरु पहिचान गरेको छ । पश्चिम पर्सादेखि सप्तरीसम्म रुख रोप्ने योजना रहेको छ । प्रदेश २ भित्र रहेको नदी किनाराहरु जहाँ फराकिलो भागहरु छन् त्यहि ठाँउहरुलाई सदुपयोग गरी विरुवा रोप्ने योजना रहेको शर्मा जानकारी दिए ।

 

वृक्षारोपणको लागि छुटै १५–२० अर्ब थप बजेट चाहिने अनुमान गरिएको छ । जसबाट ७५०० लाई प्रत्यक्ष रोजगारी प्रदान गर्न सकिने बताइएको छ । थप खुल्ला ठाँउहरुमा समेत विरुवा रोप्ने र फलफुलजन्य विरुवाहरुलाई ग्राहयता दिएर रोप्ने आयोजनाको योजना छ । यसले दीर्घकालमा आर्थिक लाभको साथै तराईमा हुने बाढीे समस्यालाई समेत यस न्युनिकरण गर्नेछ ।

आफ्नै निर्माण कम्पनी खोल्दै सरकार Read Previous

आफ्नै निर्माण कम्पनी खोल्दै सरकार

मर्जर प्रस्तावका लागि बैंकलाई दिइएको ७ दिन धेरै होः अनलराज भट्टराईको विचार Read Next

मर्जर प्रस्तावका लागि बैंकलाई दिइएको ७ दिन धेरै होः अनलराज भट्टराईको विचार