एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ । उक्त कार्यालयको समुदघाटन एनएमबि बैंकका सञ्चालकद्धय राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गरेका थिए ।
‘सुदूर पश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र विकासका अवसरहरुको सिर्जना गरी सबै क्षेत्र र वर्गसम्म बैकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको हो’ ,प्रमुख कार्यकारी अधिकृत, सुनिल के.सी.ले प्रकाश पारेका थिए ।
एनएमबि बैंकको हाल देशभरि १६३ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेकाे छ । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाएको छ ।