छैठौं महिला उद्यमी सम्मेलन आयोजना हुँदै, लक्ष्मी बैंक प्रायोजक

काठमाडौं । छैठौं महिलाउद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी फोरमको ‘सिग्नेचर’ कार्यक्रम यो वर्ष माघको दोश्रो हप्ता हुने भएको हो ।

 

विगतचार वर्ष जस्तै यो वर्ष पनि लक्ष्मी बैंकको प्रायोजनमा यो कार्यक्रम आयोजना गरिने भएको हो । कार्यक्रम ‘कनेक्ट, कोलाबोरेट र क्रियट’ भन्ने नाराका साथ आयोजना गरिदैंछ । त्यसैगरि कार्यक्रमको ‘प्लाटिनम स्पोनसर’ अन्तराष्ट्रिय श्रम संगठन रहेको छ जसले महिला उद्यमशिलतालाई प्रबद्र्धन गर्दै आएको छ । गतवर्षको सम्मेलनमा पनि करिब ३० प्रतिशत सहभागिता पुरुषको थियो र यो वर्ष पनि महिलापुरुष दुवैको सहभागिता रहनेछ ।

 

यो वर्ष ३०० भन्दा बढि सहभागिहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहने छ । कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगाय विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिनेछ । कार्यक्रम माघ १२ गते लाजिम्पाटको र्याडिसन होटलमा आयोजना गरिनेछ ।

नेपालीलाई सीपमुलक तालिम दिन २ चिनीयाँ कम्पनी दर्ता, रोजगारीकाे टुङ्गाे छैन Read Previous

नेपालीलाई सीपमुलक तालिम दिन २ चिनीयाँ कम्पनी दर्ता, रोजगारीकाे टुङ्गाे छैन

एनएमबि बैंककाे प्रदेश कार्यालय र शाखा स्थान्तरण Read Next

एनएमबि बैंककाे प्रदेश कार्यालय र शाखा स्थान्तरण