सानिमा बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता

सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

 

उक्त सम्झौता बमोजिम सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा ७.५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

 

उक्त सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका थिए ।

 

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंको टोखामा अवस्थित स्वास्थ्य उपचार सम्बन्धी उच्चस्तरीय सेवा दिने संस्था हो ।

अब सिमेन्ट ३३, ४३ र ५३ ग्रेडमा आउने   Read Previous

अब सिमेन्ट ३३, ४३ र ५३ ग्रेडमा आउने  

सरकारको ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य पुरा हुँदैन : अन्तराष्ट्रिय मुद्रा कोष Read Next

सरकारको ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य पुरा हुँदैन : अन्तराष्ट्रिय मुद्रा कोष