अब सिमेन्ट ३३, ४३ र ५३ ग्रेडमा आउने  

काठमाडौं । गत शुक्रबार बसेको गुणस्तर परिषदको १०२औं बैठकले ४३ र ५३ ग्रेड लेख्न पाउनेगरि सिमेन्टको नेपाल गुणस्तर स्वीकृत गरेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । यसअघि कायम रहेको ३३ ग्रेडलाईपनि यथावत राखिएको छ ।

 

उद्योग वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले प्राविधिक समितिले सिफरिस गरेको गुणस्तर मापदण्ड स्वीकृत गरेको हो ।

 

नयाँ मापदण्ड अनुसार अब ३३, ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्न सकिने भएको विभागले जनाएको छ । सरकारले तोकेको नयाँ मापदण्डले उत्पादन लागत बढ्ने गुनासो व्यवसायीको छ । ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन भईरहे पनि सरकारले गुणस्तर तथा ग्रेड नतोकिदिँदा नेपाली उद्योगले आफ्नो उत्पादनमा सो कुरा उल्लेख गर्न पाएका थिएनन् ।

लुम्बिनी बिकासका लागि छलफल धेरै भयो, अब सरकार ‘एक्सन’ मा जान्छ : योगेश भट्टराई Read Previous

लुम्बिनी बिकासका लागि छलफल धेरै भयो, अब सरकार ‘एक्सन’ मा जान्छ : योगेश भट्टराई

सानिमा बैंक  र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता Read Next

सानिमा बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता