लुम्बिनी बिकासका लागि छलफल धेरै भयो, अब सरकार ‘एक्सन’ मा जान्छ : योगेश भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनी बिकासको लागि यसअघि धेरै छलफल भएको उल्लेख गर्दै अब सरकार ‘एक्सन’ मा जाने बताएका छन् । मन्त्री भट्टराईले आजसम्म भएका छलफलमा आएका सुझाव र बनाइएका योजनाहरुलाई केन्द्रमा राखेर मन्त्रालयले तत्काल काम सुरु गर्ने बताएका हुन् ।

 

आइतबार लुम्बिनी बिकास कोषको आयोजनामा मन्त्रालयमा भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यान्वयन’ बिषायक कार्यक्रममा मन्त्री भट्टराईले लुम्बिनी विश्वमा नेपाललाई चिनाउने सम्पदा मध्ये अग्रणी सम्पदा रहेका भन्दै यसको बिकास सरकारको प्राथमिकतामा रहेको बताए । मन्त्री भट्टराईले मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर बृहत्तर लुम्बिनीका रुपमा बिकास गरिने बताए ।

 

लुम्बिनीको बिकास निम्ती अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने बताए । मन्त्री मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीको बिकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गरिने पनि बताए ।

 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले लुम्बिनीको बिकासको निम्ती विज्ञ, सरोकारवाला निकाय सबैसँग समन्वय गरिने बताए । कार्यक्रममा लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, योजना विद् डा.महेन्द्र सुब्बा र इन्जिनियरिङ्ग संस्थान पुल्चोकका सह प्राध्यापक डा. सञ्जय उप्रेतीले बहृत्तर लुम्बिनीको बिषयमा कार्यपत्र पेश गरेका थिए ।

 

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारी, योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, पुन निर्माण प्राधिकरणका सिइओ सुशिल ज्ञवाली, विश्व वन्यजन्तु कोषका राष्ट्रिय निर्देशक डा.घनश्याम गुरुङ, लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्राध्यापक डा. हृदयरत्न राज्य ब्रजचार्य, वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य, अम्बिका श्रेष्ठ लगायतले सुझाव दिएका थिए ।

सिटिजन्स बैंकका आजबाट ४ नयाँ शाखा संचालनमा Read Previous

सिटिजन्स बैंकका आजबाट ४ नयाँ शाखा संचालनमा

अब सिमेन्ट ३३, ४३ र ५३ ग्रेडमा आउने   Read Next

अब सिमेन्ट ३३, ४३ र ५३ ग्रेडमा आउने