सरकारको ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य पुरा हुँदैन : अन्तराष्ट्रिय मुद्रा कोष

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सरकारले अघि सारेको चालु आर्थिक वर्षको आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने बताएको छ । नेपालको वित्तीय अवस्थाको वारेमा अध्ययन गर्न आएको आईएमएफ टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालको अर्थतन्त्रको बारेमा ब्रिफिङ गर्दै सरकारले अघि सारेको साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने जानकारी गराएको हो ।

 

पछिल्लो समय भारतको अर्थतन्त्र ओरालो लागेको कारण नेपालले अपेक्षित रुपमा आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने आईएमएफले निष्कर्श निकालेको छ । त्यस्तै, नेपालमा विकास निर्माणलगायत आर्थिक विकासका काम समय सापेक्ष अघि बढेपनि अहिलेको अवस्थामा आर्थिक वृद्धिदर करिब ६ प्रतिशतमा सीमित रहने आईएमएफको दाबी छ ।

 

‘हालको अध्ययन अनुसार चालु आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत रहने अनुमान गरिएको छ,’ अर्थमन्त्रीलाई नेपालको वित्तीय अवस्थाको वारेमा जानकारी गराउँदै आईएमएफ टोलीले भन्यो, ‘पछिल्लो समय भुकम्प पछिको पुनर्निर्माण तथा सरकारी निकायबाट अघि बढाइएका ठूला पूर्वाधार निर्माणका कामले गति लिएकाले केही सुधार आउनसक्छ तर सरकारले लिएको लक्ष्य पुरा हुँदैन ’

 

नेपालको अर्थतन्त्रमा पछिल्ला केही वर्षदेखि उच्च आर्थिक वृद्धि हुँदै आएको छ । त्यसको प्रमुख कारण भनेको राजनीतिक स्थायित्व, विद्युतको सहज आपूर्ति र भूकम्पपछिको पुननिर्माणले गर्दा आर्थिक वृद्धि बढेको हो । तर, चालु आर्थिक वर्षमा अत्याधीक मात्रामा पुननिर्माणका काम सम्पन्न भएकाले र सरकारले समयमा पुँजीगत खर्च गर्न नसक्दा आर्थिक वृद्धि सरकाले गरेको प्रक्षेपणभन्दा तल हुने उक्त अध्यनरत आईएमएफ टोलीको ठम्याई रहेको छ ।

 

नेपाली कामदारहरु वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा धेरै गएका र ती मुलुकमा मन्दी आउँदा नेपाललाई समेत प्रत्यक्ष असर पार्ने गर्दछ । केही समययता साउदी अरब, कतार तथा संयुक्त अरब इमिरेट्समा आर्थिक मन्दी आएको भन्दै उक्त देशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा समेत कमी आएको छ ।

 

विशेषगरी नेपालको कृषि उत्पादनमा आएको गिरावट तथा भारतमा आइरहेको आर्थिक मन्दीका कारण नेपालले पनि लक्ष्य अनुरुप आर्थिक वृद्धि हासिल गर्न नसक्ने आईएफएफको निष्कर्ष रहेको छ । नेपालको कुल ग्राह्स्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान रहँदै आएको कृषि क्षेत्र, मनसुन लगायतका कारणले प्रवावित हुँदा त्यसले आर्थिक वृद्धिमा प्रत्यक्ष असर पार्नेछ ।

 

तर, पछिल्लो समय भएको सहज विद्युत आपूर्ति, घट्दो गरिवी तथा भिजिट नेपाल २०२० का कारण देशको आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पार्ने आईएमएफको निष्कर्ष रहेको छ । साथै सरकारले अघि बढाएका पूर्वाधार निर्माणका कामले समेत राम्रो गति लिएको भन्दै दिर्घकालमा नेपालको आर्थिक वृद्धिमा राम्रो प्रभाव पर्ने देखिएको छ । विगत १५ दिनदेखि नेपालमा आएर वित्तीय अवस्थाको वारेमा अध्ययन गरेको आईएमएफ टोलीले कुनै पनि समय देशको अर्थतन्त्रमा समस्या आउन सक्नेभन्दै सजक रहन अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाएको छ । आईएमएफको वरिष्ठ अर्थशास्त्री सहितको ७ सदस्यीय टोलीले नेपालको वित्तीय अवस्थाको वारेमा अध्ययन गर्दै शुक्रबार अर्थमन्त्री समक्ष सुझाव पेश गरेको थियो ।

 

आईएमएफले सुझावमा नेपालसँग प्रत्यक्ष सरोकार राख्ने देशहरुको आर्थिक अवस्था खस्किदो अवस्थामा रहेको भन्दै त्यसले कुनै पनि समयमा असर पार्ने निष्कर्ष निकालेको छ । विशेषगरी नेपालसँग बढी सरोकार राख्ने भारतको आर्थिक वृद्धिदर पछिल्लो समय खस्किदो अवस्थामा रहेको र त्यसले नेपाललाई समेत असर पार्ने प्रष्ट देखिएको छ । यसैगरी गल्फ कोअपरेशन काउन्सिल (जीसीसी)मा आवद्ध मुलुकहरुको समेत आथिक वृद्धि खस्किदो अवस्थामा रहेको र त्यसले समेत नेपालाई असर पुर्‍याउने आईएमएफले बताएको छ ।

 

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा बढ्दो पेट्रोलियम पदार्थको मूल्यले समेत नेपाली अर्थतन्त्रलाई प्रभाव पार्ने भन्दै त्यसतर्फ सजक रहन आईएमएफले आग्रह गरेको छ । पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण ठूलो मात्रामा विदेशी मुद्रा बाहिरीने र त्यसको असर विदेशी मुद्रा संचितीमा पर्नेछ ।

 

नेपाली कामदारहरु वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा धेरै गएका र ती मुलुकमा मन्दी आउँदा नेपाललाई समेत प्रत्यक्ष असर पार्ने गर्दछ । केही समययता साउदी अरब, कतार तथा संयुक्त अरब इमिरेट्समा आर्थिक मन्दी आएको भन्दै उक्त देशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा समेत कमी आएको छ । नेपालको अर्थतन्त्र चलायमान बनाउन मुख्य भुमिका खेल्दै आएको रेमिट्यान्स आप्रवाहमा कमी आउने र त्यसले देशको आर्थिक वृद्धिमै नकारात्मक प्रभाव पार्ने देखिएको छ ।

 

त्यस्तै, पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा बढ्दो पेट्रोलियम पदार्थको मूल्यले समेत नेपाली अर्थतन्त्रलाई प्रभाव पार्ने भन्दै त्यसतर्फ सजक रहन आईएमएफले आग्रह गरेको छ । पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण ठूलो मात्रामा विदेशी मुद्रा बाहिरीने र त्यसको असर विदेशी मुद्रा संचितीमा पर्नेछ । पछिल्लो समय नेपालको शोधनान्तर स्थितीमा केही सुधार देखिएपनि यसमा समेत समस्या आउन सक्ने आईएमएफले जानकारी गराएको छ । यस्तै, गत आर्थिक बर्षमा उच्च घाटामा रहेको भुक्तानी सन्तुलन चालू आवमा केही सुधार आएको छ ।

 

हाल सामान्य मात्रामा सकारात्मक रहेको भुक्तानी सन्तुलनमा केही तलमाथी हुँदामा पनि नकारात्मक असर पर्ने भन्दै आईएमफएफले त्यसतर्फ समेत ध्यानाकषर्ण गराएको छ । साथै प्राकृतिक प्रकोप तथा वातावरणीय परिवर्तनका कारणले समेत देशमा ठूलो संकट आउनसक्ने देखिएको छ । २०७२ सालको भुकम्प पश्चात आर्थिक समस्यामा परेको नेपालमा कुनै पनि समय प्राकृृतिक प्रकोपका कारण अर्थतन्त्रमा उतारचढाव आउन सक्ने आईएमएफले जानकारी गराएको छ ।

सानिमा बैंक  र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता Read Previous

सानिमा बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता

हिमपात रोक्न हिउँमै बसेर पूजा Read Next

हिमपात रोक्न हिउँमै बसेर पूजा