बि.आर.एस. सत्यनारायण नेपाल एसबिआई बैंकको अध्यक्ष चयन

नेपाल एसबिआई बैंकको विहिबार बसेको ४३८ औँ संचालक समितिको बैठकले स्टेट बैंक अफ इण्डियाका प्रतिनिधि बि.आर.एस. सत्यनारायणलाई बैंकको अध्यक्षमा चयन गरेको छ ।

 

अध्यक्ष  बि.आर.एस. सत्यनारायण, एस.बि.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एस.बि.आई. का एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिलामा समेत कार्य गरेका छन् । आज आयोजित एक समारोहकाबिच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर  शिवराज श्रेष्ठले बैंकका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

 

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक नरेन्द्र सिंह विष्ट, का.मु. निर्देशक विरेन्द्र दत्त अवस्थी तथा नेपाल एसबिआई बैंकका निर्वतमान अध्यक्ष तथा एस.बि.आई. भारतका नायव प्रबन्ध संचालक सुजित कुमार बर्माका साथै बैंकका संचालकहरु तथा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भट्नागरका साथै अन्य उच्च अधिकारीहरुको उपस्थिती रहेको थियो ।

माछापुच्छ्रे बैंकद्धारा धनगढी उप–महानगरपालिकालार्ई सहयोग Read Previous

माछापुच्छ्रे बैंकद्धारा धनगढी उप–महानगरपालिकालार्ई सहयोग

एक वर्षमा यस्तो बन्दैछ कमलपोखरी (फोटोसहित) Read Next

एक वर्षमा यस्तो बन्दैछ कमलपोखरी (फोटोसहित)