माछापुच्छ्रे बैंकद्धारा धनगढी उप–महानगरपालिकालार्ई सहयोग

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत धनगढी उप– महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई १ लाख ५१ हजार १ सय ११ को चेक राहत, उद्धार तथा पुनर्निर्माण कार्यका लागि हस्तान्तरण गरेको छ ।

 

गत जेठ २३ गते आएको भिषण हावाहुरीका कारण धनगढी उप–महानगरपालिकाका १९ वटै वडाहरुमा करोडाैंको धनमाल लगायत भौतिक संरचनामा क्षति भई करिब ४ हजार ७ सय २४ घरधुरीहरु प्रभावित भएका थिए ।

 

बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरी ऐरले उक्त चेक धनगढी उप–महानगरपालिका का मेयर नृप बहादुर वड तथा कार्यकारी प्रमुख नारायण प्रसाद सापकोटा लाई हस्तान्तरण गरेका हुन।

 

माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमः ५२ राउटेलाई रोजगारी Read Previous

प्रधानमन्त्री रोजगार कार्यक्रमः ५२ राउटेलाई रोजगारी

बि.आर.एस. सत्यनारायण नेपाल एसबिआई बैंकको अध्यक्ष चयन Read Next

बि.आर.एस. सत्यनारायण नेपाल एसबिआई बैंकको अध्यक्ष चयन