सुन्दर यातायातले इलेक्ट्रीक बस किन्न बैंकहरुबाट ऋण नै पाएन

काठमाडौं । बैंकहरुले कर्जा दिन नमानेको भन्दै आफ्नो ५० वटा बस ल्याउने योजना संकटमा परेको सुन्दर यातायातले जनाएको छ । कम्पनीले अहिले ४ वटा इलेक्ट्रीक बस सडकमा चलाई रहेको छ ।

 

थप बस ल्याउन कम्पनीले बैंकिङ क्षेत्रमा कर्जा आवेदन गरेको भएपनि कुनै पनि निजी क्षेत्रले प्रवद्र्धन गरेको बैंकले कर्जा दिन इच्छा नदेखाएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

 

‘हामीले अहिलेसम्म अधिकांश बैंकमा गएर कर्जाको विषयमा कुरा राख्यौ । उहाँहरु सवारीसाधनको साथमा थप धितो दिने हो भने ५० प्रतिशत कर्जा दिन्छौं भन्नु हुन्छ । अटो लोनमा जग्गा, गाडी र ५० प्रतिशत डाउन पेमेन्ट कसरी राख्न सकिन्छ’, थापाले चाणक्यपोष्टसँग भने ।

 

बैंकहरुले बोल्ने एउटा र गर्ने एउटा काम गर्छन् । कति बैंकले त सार्वजनिक यातायातमा कर्जा दिने आफ्नो नीति नै नभएको भन्दै भेट्नसमेत चाहँदैनन् भन्दै थापा भन्छन् ‘सरकारले भनेको जस्तो सहज प्रकृयाबाट विद्युतीय बसलाई बैंकहरुले पत्याएनन् ।’

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीसाधनमा गएको कर्जालाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न सक्ने व्यवस्था मिलाएको भएपनि बैंकहरुले सार्वजनिक यातायातमा ठूलो लगानी गर्न नचाहेको देखिन्छ ।

 

‘केन्द्रीय बैंकले बनाउने नीतिमा कुनै समस्या छैन । तर, बैंकलाई लगानी गर्न नीतिगत सहजता गरिएको छ । अहिले बैंकले लगानी गरेनन् भन्ने विषय भोलिका लागि बहसको विषय हुनसक्छ । यद्यपी विद्यमान व्यवस्था अनुसार किन कर्जा दिएनौ भन्न सक्ने अवस्था छैन’, नेपाल राष्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले भने ।

 

डा. भट्टका अनुसार बैंकले आफ्नो लगानी सुरक्षाको लागि केही बलियो आधार खोजेको हुन सक्छ । त्यसमा ऋण लिने र दिनेको आपसी समझदारीबाट नै काम गर्ने हो ।

 

बैंकहरुले बोल्ने एउटा र गर्ने एउटा काम गर्छन् । कति बैंकले त सार्वजनिक यातायातमा कर्जा दिने आफ्नो नीति नै नभएको भन्दै भेट्नसमेत चाहँदैनन् भन्दै थापा भन्छन् ‘सरकारले भनेको जस्तो सहज प्रकृयाबाट विद्युतीय बसलाई बैंकहरुले पत्याएनन् ।’

 

थापाका अनुसार सुन्दर यातायातले १३ करोड कर्जा रकम नपाउँदा अडर्र गरेको २६ वटा र ल्याउन प्रक्रिया अगाडि बढाएको ५० वटा बस ल्याउन कठिन भएको छ ।

 

‘हामी ३० प्रतिशत इक्वीटी लगाउँछौ र हरेक दिन कमाएर एउटा बसले ८ हजार रुपैयाँका दरले बैंकको खातामा जम्मा गर्छौ भन्दा पनि बैंकले कर्जा दिन थप धितो माग्ने काम गर्यो’, थापाले भने ।

 

उनले निजी क्षेत्रले प्रवद्र्धन गरेको बैंकले कर्जा नदिएपछि अहिले सरकारी लगानीको नेपाल बैंकसँग कुरा चलिरहेको जानकारी दिएका छन् ।

 

सुन्दर यातायातले नेपालमा नै इलेक्ट्रीक बस एसेम्बल गर्ने भन्दै नवलपरासीमा उद्योग स्थापनाको काम अगाडि बढाएको छ ।

वैदेशिक सहायता परिचालनः प्रदेश तथा स्थानीय तहका लागि मापदण्ड तयार Read Previous

वैदेशिक सहायता परिचालनः प्रदेश तथा स्थानीय तहका लागि मापदण्ड तयार

आज माघे संक्रान्ति, परिवर्तन हुँदै मनाउने चलन Read Next

आज माघे संक्रान्ति, परिवर्तन हुँदै मनाउने चलन