काठमाडैं । प्राइम कमर्शियल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थीलाई जाडोका कपडा वितरण गरेको छ ।
बैंकले सोमबार बाल सारथी एकेडेमी, जयवागेश्वरीका कक्षा १ देखि ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरुलाई न्यानो स्वेटर वितरण गरेको छ ।
बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले विद्यार्थीहरुलाई कपडा वितरण गर्नुका साथै भोजन समेत गराएका थिए ।