सनराइज बैंकले संचालनमा ल्यायो रिकरिङ खाता

काठमाडौं । सनराइज बैंकले ‘सनराइज रिकरिङ खाता’ संचालनमा ल्याएको छ। उक्त खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिन्छ। ब्याज मुद्दती खातासरह पाइनेछ।

 

आवश्यकताअनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गदै जान सकिने बैंकले बताएको छ।खाता खोल्दा न्युनतम बचत एक हजार त्यसपछि एक पटकमा न्यूनतम ५ सय वा ५ सय को गुणाका दरले जम्मा गर्दै जान सकिन्छ।

 

सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमित रुपमा मुद्दति खातामा जम्मा हुदैं जाने र मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङबाट पनि सजिलै पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ।उक्त खातामा पूर्व निर्धारित भन्दा बढी रकम ग्राहकको अनुकूलताअनुसार पटक-पटक गरी जम्मा गर्न सकिन्छ।

 

यस खाताको अर्को आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने व्याज व्यक्तिगत मुद्दति खातासरहको उच्च ब्याज पाउनु हो।साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था छ।

 

यस खातामा फ्लोटिङ ब्याजदर लागू गरिएको छ। जसले गर्दा बजारको उतार चढावअनुसारको ब्याजदर निर्धारण गर्न मद्दत पुग्छ।

तनहुँलाई पूर्ण विद्युतीकरण गरिँदै Read Previous

तनहुँलाई पूर्ण विद्युतीकरण गरिँदै

शेयर बजारमा उछाल, साढे २ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

शेयर बजारमा उछाल, साढे २ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट