
काठमाडौं । अराजक राजवादी समूहले काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगलागी गरेका छन् ।
तीनकुनेबाट तितरवितर भएर हिँडेको प्रदर्शनकारीको अराजक समूहले सरकारी स्वामित्वको उक्त कम्पनीमा आगो लगाएका हुन् ।
कर्मचारी भित्रै भएका बेला आगो लगाएका थिए । कर्मचारीहरुले भागेर ज्यान जोगाएका छन् ।
आगलागीका कारण कम्पनी परिसरमा रहेका सवारीसाधन जलेका छन् । मुख्य भवन परिसरमा अहिले पनि आगे लागिरहेको छ । नियन्त्रणका लागि प्रहरी, सेना परिचालन गरिएको छ ।