काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नको लागि सहजीकरण गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना जारी गर्दै हवाई टिकट भएका यात्रुलाई आधिकारिक परिचय पत्रका आधारमा विमानस्थलसम्म पुग्न सुरक्षा दिइने जानकारी गराएको हो ।
राजावादीको प्रदर्शनले उग्ररुप लिएपछि सरकारले बानेश्वर, कोटेश्वर, जडिबुटी, बालकुमारी, सिनामंगल, गौशाला लगायतका क्षेत्रमा कर्फ्यु लगाएको छ । कर्फ्युका कारण राति १० बजेसम्म उक्त क्षेत्रमा हिँडडुल गर्न रोक लगाइएको छ ।
तर, हवाई टिकट भएका यात्रुलाई विमानस्थलसम्म पुग्न सहजीकरण गरिने प्रशासनले जनाएको हो ।
