कनेक्ट आइपीएस मोबाइल एपको मासिक कारोबार सीमा थपियो

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्वारा संचालन हुँदै आएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीको मोबाइल एप्लिकेसनमार्फत हुने मासिक कारोबारको सीमा थप गरिएको छ।

 

विद्यमान कारोबार सीमा मासिक १ लाख रहँदै आएकोमा गत सोमबारदेखि लागू हुने गरी २ लाख कायम गरिएको क्लियरिङ हाउसले जनाएको छ।

 

राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ को निर्देशन बमोजिम मासिक कारोबार सीमा थप गरिएको कम्पनीले जनाएको छ।

 

प्रति कारोबर सीमा भने ५० हजार रुपैयाँ नै कायम रहेको छ। कनेक्ट आइपिएसको वेबसाइट www.connectips.com बाट गरिने कारोबरको सीमा प्रति कारोबार १० लाख र प्रति बैंक मासिक ५० लाख यथावत रहेको छ।

 

कनेक्ट आइपिएस इपेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकीकृत प्ल्याटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्डरबिल भुक्तानी लगायतका सुविधा उपलब्ध छन्।

 

सदस्य बैंकका ग्राहकले उक्त प्ल्याटफर्ममार्फत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाइल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुलरकलेजको फी, बीमाको प्रिमियम लगायत भुक्तानी गर्न सकिने व्यवस्था छ।

धितोपत्र बोर्डले लगानीकर्तालाई निःशुल्क प्रशिक्षण दिने Read Previous

धितोपत्र बोर्डले लगानीकर्तालाई निःशुल्क प्रशिक्षण दिने

ईआइए सम्बन्धी व्यवस्थामा उद्योगीको माग सम्बोधन गर्दै सरकार, २ अर्बसम्मको लगानीलाई नचाहिने Read Next

ईआइए सम्बन्धी व्यवस्थामा उद्योगीको माग सम्बोधन गर्दै सरकार, २ अर्बसम्मको लगानीलाई नचाहिने