धितोपत्र बोर्डले लगानीकर्तालाई निःशुल्क प्रशिक्षण दिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्तालाई पूँजी बजारको विषयमा निःशुल्क प्रशिक्षण  दिने भएको छ ।

 

बोर्डले सूचना जारी गर्दै सर्वसाधारण लगानीकर्ताहरुलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारको माघ दोस्रो सातादेखि प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार निःशुल्क प्रशिक्षण कार्यक्रम चलाउने जनाएको छ ।

 

बोर्डले  महिनाको दोस्रो र अन्तिम शुक्रबार १० वटा तालिम दिएको जनाएको छ । तालिम लिँदा १ पटकमा ५० देखि ६० जना सहभागी गराइने बोर्डले जनाएको छ । पहिलो चरणकाे तालीम  लिएकाले दोस्रो चरणकाे तालिम पनि लिन पाउने बोर्डले जनाएको छ  । तालिम लिन इच्छुकले माघा ८ गते भित्र नाम दर्ता गराइसक्नु पर्ने बोर्डले जनाएको छ ।

 

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन Read Previous

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन

कनेक्ट आइपीएस मोबाइल एपको मासिक कारोबार सीमा थपियो Read Next

कनेक्ट आइपीएस मोबाइल एपको मासिक कारोबार सीमा थपियो