काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार मात्रै नयाँ रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि चैत ५ गते सबैभन्दा धरै प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार ९९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेर २०४५ रुपैयाँमा कारोबार भइरहेको छ ।