ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषण, हकप्रद सेयर पनि जारी गर्ने

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंकले गत वर्षको नाफाबाट ५.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश पारित गर्न बैंकले बैंकले चैत २७ गते १२औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा होटल पिस प्यालेस, हरिशंकर रोड, बाग्लुङमा बस्नेछ।

त्यस्तै, बैंकले उक्त बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ११०.७१ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले साधारण सभामा हकप्रद सेयर जारी सम्बन्धी विशेष प्रस्ताव लैजाने भएको छ ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत १५ गते बुकक्लोज तोकेको छ । सो अनुसार चैत १४ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र साधरण सभामा भाग लिन पाउने छन् ।

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, पुग्यो पौने २ लाख Read Previous

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, पुग्यो पौने २ लाख

गोरखा-तिब्बत जोड्ने सडकको ४२ किलोमिटर ट्रयाक खुल्यो Read Next

गोरखा-तिब्बत जोड्ने सडकको ४२ किलोमिटर ट्रयाक खुल्यो