सुनको मूल्य ताेलामै ४ हजार बढ्याे, बनायाे नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँले बढेर १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि फागुन १३ गते सबैभन्दा धरै प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । पछिल्लो समय अमेरिकाले कर्पोरेट वार सुरु गरेपछि विश्वभरका लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य लगातार बढिरहेको हो ।

अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार ९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेर २०५० रुपैयाँमा कारोबार भइरहेको छ ।

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

बीपी राजमार्ग पुनःनिर्माणका लागि टेन्डर आह्वान Read Next

बीपी राजमार्ग पुनःनिर्माणका लागि टेन्डर आह्वान