बीमा बोर्डको कार्यकारी निर्देशकमा अर्थशास्त्री डा. काफ्ले नियुक्त

काठमाडौं । सरकारले बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्लेलाई स्वास्थ्य पदमा नियुक्त गरेको छ ।

सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री डा. काफ्ले कार्यकारी निर्देशक नियुक्त हुन् ।

सिफारिस समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

मन्त्री पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य हुन्। कार्यदलले स्वास्थ्य बीमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो ।

यसअघि डा काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । बोर्डमा रहँदा डा काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम सुरु गरेका थिए । राहत रकममा ४०० प्रतिशत वृद्धि तथा बीमामा शतप्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बीमा कार्यक्रम उनले आरम्भ गरेका थिए ।

डा. काफ्ले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए । यसैगरी उनी विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आएका छन् । अर्थशास्त्रमा विद्यावारिधि डा. काफ्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए ।

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ खुल्यो, १० हजार कित्ता भर्न पाइने Read Previous

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ खुल्यो, १० हजार कित्ता भर्न पाइने

सेयर किन्न बैंकले ७ महिनामै दिए २५ अर्ब ऋण, करोड बढी लिने ३७ प्रतिशतले बढे Read Next

सेयर किन्न बैंकले ७ महिनामै दिए २५ अर्ब ऋण, करोड बढी लिने ३७ प्रतिशतले बढे