ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ खुल्यो, १० हजार कित्ता भर्न पाइने

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त आइपीओमा चैत ३ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा चैत १२ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरूका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आयोजनाको कुल लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.१५ वर्ष र डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ९.७५ वर्ष रहेको छ।

ओम मेगाश्री आइपीओ जारी गर्ने पहिलो औषधि उद्योग समेत बनेको छ ।

पोखरा-मुग्लिन सडकको पश्चिमखण्डको ४३% काम सकियो, २९ किमी कालोपत्र सम्पन्न Read Previous

पोखरा-मुग्लिन सडकको पश्चिमखण्डको ४३% काम सकियो, २९ किमी कालोपत्र सम्पन्न

बीमा बोर्डको कार्यकारी निर्देशकमा अर्थशास्त्री डा. काफ्ले नियुक्त Read Next

बीमा बोर्डको कार्यकारी निर्देशकमा अर्थशास्त्री डा. काफ्ले नियुक्त