काठमाडौं । एनआइसी एशिया बैंकले २०७१ सालदेखि संचालनमा रहेको ग्राहक सपोर्ट सेवालाई २४सैं घण्टा संचालनमा ल्याएको छ।
एनआइसी एशिया सपोर्ट सेवा वर्षको ३६५ दिन नै ग्राहकको सम्पर्कमा रहेर आवश्यक सूचनाहरु उपलब्ध गराउने बैंकले बताएको छ। यसका लागि ग्राहकले बैंकले टोल फ्री नम्बर र वेवसाइटमार्फत् आफ्नो गुनासो गर्न सक्छन्।
यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ सेवा दिँदै आएको छ।