पाम आयल आयातमा भारतले लगायो प्रतिबन्ध, नेपालको व्यापार घाटा झनै बढ्ने

काठमाडौं । भारत सरकारले तयारी पाम आयलको आयातमा प्रतिबन्ध लगाएको छ। बुधबार विदेश व्‍यापार महानिर्देशनालय (डिजिएफटी) ले एक सूचना जारी गर्दै रिफाइन्ड ब्‍लीिच्‍ड डियोडोराइज्‍ड पाम आयल आयातमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ।

 

अब भारतमा कुनै पनि व्यवसायीले पाम आयल आयत गर्न लाइसेन्स लिनुपर्ने छ। यसको मतलब अब भारतकै रिफाइनर भएकाले मात्र पाम आयल आयात गर्न पाउने छन्।

 

भारतले वार्षिक साढे १ करोड टन वनस्पतिजन्य तेल आयात गर्दै आएको छ । जसमा ९० लाख टन पाम आयल नै आयात गर्ने गरेको छ ।भारत सरकारको यो प्रतिबन्धले नेपाललाई प्रत्यक्ष असर पर्ने भएको छ ।

 

नेपालको वैदेशिक घाटा कम गर्न सबैभन्दा धेरै निर्यात गर्ने वस्तु भनेकै पाम आयल हो । अब पाम आयाल समेत निर्यात हुने अवस्था आएपछि नेपालको व्यापार घाटा झनै बढ्ने छ ।

 

नेपालका व्यापारीहरूले कच्चा पाम आयल नेपाल ल्याई प्रशोधन गरी भारत निर्यात गर्दै आएका थिए। यसमा उनीहरूलाई कच्चा पदार्थको रूपमा पाम ल्याउँदा भन्सार तथा करमा सहुलियत स्वतः हुन्छ । साउथ एसिया फ्रि ट्रेड एरिया (साफ्टा) अन्तर्गत नेपालीहरूले यसमा सहुलियत पाएका थिए।

 

चालू वर्षको पहिलो ५ महिनामै सबभन्दा बढी निर्यात हुने वस्तुका रुपमा पाम आयल रहेको छ। भन्सार विभागको तथ्यांकअनुसार ५ महिनाभित्र ११ अर्ब ५२ करोड रुपैयाँको पाम आयल भारत निर्यात भएको थियो। गएको वर्ष पनि पाम आयल १० अर्बको निर्यात भएको थियो जुन सबैभन्दा बढी आयात हुनेमा थियो।

प्रहरी निरीक्षकलाई नै घुस दिने ७ जनाविरुद्ध मुद्दा दायर Read Previous

प्रहरी निरीक्षकलाई नै घुस दिने ७ जनाविरुद्ध मुद्दा दायर

एनआइसी एशिया बैंकको सपोर्ट सेवा २४ सैं घण्टा संचालनमा Read Next

एनआइसी एशिया बैंकको सपोर्ट सेवा २४ सैं घण्टा संचालनमा