प्रहरी निरीक्षकलाई नै घुस दिने ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा सातजनाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।

 

आयोगले सप्तरीको महादेवा गाउँपालिका–६ का वडासचिव नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी जवान सरोजकुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक चन्द्रसिंह खत्री उनका सहयोगीद्वय टङ्कप्रसाद चौलागाईं र गङ्गाराज शाही तथा स्याङ्जा वालिङ नगरपालिका–८ का चौपाया व्यापारी जहरुदिन तेलीविरुद्ध उक्त अदालतमा मुद्दा दायर गरेको हो ।

 

तत्कालीन वडा सचिव मिश्रलाई  दुई लाख सेवाग्राहीसँग घुस लिएको प्रहरी जवान यादवले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिन १५ हजार असुलेको, खत्री, चौलागाईं र शाहीले उत्तर पुस्तिका परिवर्तनका साथै परीक्षाको गोपनीयता भङ्ग गरेका तथा तेलीले गोरु व्यापारमा सघाउन प्रहरी निरीक्षकलाई घुसबापत १५ हजार उपलब्ध गराएकाले घुसबापत दिए/लिएको बिगो रकम जफत हुनुपर्ने मागदाबीसहित आरोपपत्र दायर आयोले जनाएको छ ।

चार सिमेन्ट उद्योगलाई कारवाही, इजाजतपत्र स्थगन Read Previous

चार सिमेन्ट उद्योगलाई कारवाही, इजाजतपत्र स्थगन

पाम आयल आयातमा भारतले लगायो प्रतिबन्ध, नेपालको व्यापार घाटा झनै बढ्ने Read Next

पाम आयल आयातमा भारतले लगायो प्रतिबन्ध, नेपालको व्यापार घाटा झनै बढ्ने