काठमाडौं । नेपाल इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको संचालक समितिको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५ प्रतिशत बोनस शेयर र करप्रयोजनसहित २.८९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति तथा कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार ६५२ रुपैयाँ रहेको छ भने बोनस वितरण पछि १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८५ रुपैयाँ पुग्नेछ ।
