अमेरिकी रक्षा बजेट इरानकोभन्दा ११४ गुणा बढी, हतियार र सेनाको कस्तो छ अवस्था

अमेरिकाले इरानी सेनाका जर्नेल सुलेमानीलाई ड्रोन आक्रमण गरेर मारेपछि दुई देशबीच तनाव शुरु भएको छ । यसैबीच बदला स्वरुप इरानले इराकस्थित अमेरिकी सेनाका टुकडीहरुमा मिसाइल आक्रमण गरिसकेको छ । त्यसैले अहिले इरान र अमेरिककी सैन्य शक्तिका बारेमा सर्वत्र चासो व्यक्त भइरहेको छ ।

 

त्यसैले हामीले यहाँ विश्वका ११ शक्तिशाली सेना र हतियार भएका मुलुकहरुको सूची यहाँ प्रस्तुत गरेका छौं । यो सूची ‘ग्लोबल फायरपावर एनुअल र्‍याङकिङ’का आधारमा बनाइएको हो ।

 

यो ‘र्‍याङकिङ’ले सेनासँग उपलब्ध हतियारको विविधता र सेनाको संख्यालाई महत्व दिएको छ । साथै, भूगोल, बन्दोबस्तीको सामानको उपलब्धता, उपलब्ध प्रकृतिक साधन स्रोतलगायत लाई विशेष महत्व दिइएको छ ।

र्‍याङकिङमा परमाणु हतियार भएकालाई बोनस अंक प्रदान गरिएको छ । भूपरिवेष्ठित देशहरुलाई जल सेना नभएका कारण अंक कतौटी गरिएको छैन । तर, जलसेना भएका र हातहतियारको सन्दर्भमा विविधता नभएकाहरुको अंक भने कतौटी गरिएको छ । नाटोका सदस्य राष्ट्रहरुले थप अंक पाएका छन्, साधन स्रोत बाँडीचुढि उपयोग गर्न सक्ने भएका कारण ।

 

राजनीतिक सैन्य नेतृत्वलाई महत्व दिइएको छैन । सैन्य शक्तिको हिसाबले सबैभन्दा उच्च अंक ०.०००० राखिएको छ । र, जुन सेना यो अंकको नजिक हुन्छ, त्यसलाई र्‍याङकिङमा माथिल्लो स्थान दिइएको छ ।

 

यो सूचीको अग्रस्थानमा अमेरिका रहेको छ । अमेरिकी सेनासँग २१ लाख ४१ हजारको सैन्यबल छ भने १३ हजार ३ सय ३८ वटा विमान छन् । यसैगरी लडाकु जहाज अमेरिकासँग २ हजार ३ सय ६२ वटा छ । अमेकिरी रक्षा बजेट ७ सय १६ अर्ब डलरको छ ।

 

अमेरिकासँग तनावको स्थितिमा रहेको इरान सूचीको १४ औं स्थानमा छ । ६.३ अर्ब डलरको रक्षा बजेट भएको इरानसँग ८ लाख ७३ हजार सेना छ । कुल ५ सय ९ विमान भएको इरानी सेनासँग १ सय ४२ वटा लडाकु जहाज छन् ।

-एजेन्सीको सहयोगमा

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा Read Previous

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

नगरपालिकाले बसपार्कको जिम्मा निजी कम्पनीलाई दिने भएपछि व्यवसायी पुगे अदालत Read Next

नगरपालिकाले बसपार्कको जिम्मा निजी कम्पनीलाई दिने भएपछि व्यवसायी पुगे अदालत