सानिमा बैंकको विस्तारित काउन्टर काठमाडौंको सुन्दरबस्तीमा

काठमाडौं । सानिमा बैंकले आफ्नो विस्तारित काउन्टर काठमाडौंको बूढानिलकण्ठस्थित सुन्दरबस्तीमा खोलेको छ ।

 

उक्त काउन्टरको समुद्घाटन् बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल, बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरे ।

 

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंक सुन्दरबस्तीमा पहिलो वाणिज्य बैंकको रूपमा बैंकिङ्ग सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

बैंकले हाल देशभर ७९ वटा शाखा, २ विस्तारित काउन्टर तथा ७८ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सन्तोष बने 'ए' डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी Read Previous

सन्तोष बने 'ए' डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी

अवैध मोबाइल आयात रोक्ने प्रणालीको सञ्चालन ३ महिना धकेलियो Read Next

अवैध मोबाइल आयात रोक्ने प्रणालीको सञ्चालन ३ महिना धकेलियो