सन्तोष बने ‘ए’ डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा १ सय गोल पूरा गरेका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उनले आजको खेलमा १००औँ गोल गरेका हुन् ।

 

सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका विरुद्ध खेलको १८औँ मिनेटमा गोल गरे । ‘ए’ डिभिजन लिगमा १ सय गोल गर्ने उनी पहिलो खेलाडी बने ।

 

च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गरेका हुन्। पहिलो हाफसम्ममा नेपाल पुलिस क्लबले दुई तथा च्यासलले एक गोल गरेको छ । जारी लिगमा उनको यो चौथो गोल हो ।

 

उनले पहिलो खेलमा सङ्कटा क्लबविरुद्ध दुई तथा दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गरेका थिए। उनले न्यु रोड टिम र जाउलाखेल युथ क्लबविरुद्धको खेलमा भने गोल गर्न सकेनन्। सन्तोषले २०६० सालमा थ्री स्टार क्लबबाट लिग खेल्न थालेका थिए ।

जिल्ला प्रशासन सिराहामा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर Read Previous

जिल्ला प्रशासन सिराहामा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

सानिमा बैंकको विस्तारित काउन्टर काठमाडौंको सुन्दरबस्तीमा Read Next

सानिमा बैंकको विस्तारित काउन्टर काठमाडौंको सुन्दरबस्तीमा