जिल्ला प्रशासन सिराहामा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौं । प्रभु बैंकले सिराहा जिल्लाको सिराहा नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ।

 

उक्त एक्स्टेन्सन काउन्टरको बुधबार सिराहाका प्रमुख जिल्ला अधिकृत गोपालकुमार अधिकारीले एक समारोहकाबीच उद्धघाटन गरे।

 

उक्त काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने बैंकको भनाई छ। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

 

प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा एटिएम, ४० वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।

एभरेष्ट बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्ने Read Previous

एभरेष्ट बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्ने

सन्तोष बने 'ए' डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी Read Next

सन्तोष बने 'ए' डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी