एभरेष्ट बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । एभरेष्ट बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले ७ वर्षे अवधिको १अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

 

बैंकले निष्काशन गर्न लागेको कुल १० लाख कित्तामध्ये बैंकले ४० करोड रुपैयाँबराबरको ४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने छ भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ।

 

एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको बैंकको उक्त ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ। ऋणपत्र २०८३ मा परिपक्क हुनेछ।

 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसपछि धरेैजसो बैंकहरु ऋणपत्र निष्काशनको तयारीमा जुटेका छन् भने केहीले निष्काशन समेत गरिसकेका छन् ।

शेयर बजारमा करेक्शन, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

शेयर बजारमा करेक्शन, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

जिल्ला प्रशासन सिराहामा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर Read Next

जिल्ला प्रशासन सिराहामा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर