शेयर बजारमा करेक्शन, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । आइतबारदेखि लगातार दोहोरो अंकले बढेको शेयर बजारमा आज ब्रेक लागेको छ । तीन दिनमा करिब ५० अंकले बढेको बजारमा बुधबार ७ अंकको करेक्शन देखिएको छ । सूचकमा गिरावट आएपनि कारोबार रकमभने उत्साहजनक नै रहेको छ ।

 

शेयर बजार मापक सूचक नेप्से ७.३२ अंकले घटेर १२०९.६० विन्दुमा आइपुगेको छ । आज १७२ कम्पनीको ७३ करोड ८ लाख ५२ हजार ३४५ रुपैयाँ बराबरको कारोबार भएको छ । २१ लाख ८५ हजार ३९७ कित्ता शेयर किन बेच भएका छन् ।

 

कारोबार भएका १२ वटा समूहमध्ये ७ समूहको सूचक ओरालो लागेका छन् भने ५ समूहको सूचक उकालो लागेका छन् । आज लघुवित्त समूहको सूचक सबैभन्दा धेरै १४.४६ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ६८.९४ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा आज वोमी माइक्रोफाइनान्सको शेयर शीर्ष स्थानमा रह्यो । यसको ७ करोड १५ लाख ८३ हजार ६४२ रुपैयाँको कारोबार भएको छ ।

 

घट्दो बजारमा पनि दुई कम्पनीको शेयर मूल्मा पोजेटिभ सर्किट लागेको छ । आज समता माइक्रोफाइनान्स र वोमी माइक्रोफाइनान्सको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । लुम्बिनी विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै ७.३५ प्रतिशतले घटेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६ महिना अघि सकिने Read Previous

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६ महिना अघि सकिने

एभरेष्ट बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्ने Read Next

एभरेष्ट बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्ने