७७ जिल्लामै पुग्यो प्रभु बैंक, दार्चुलामा संचालनमा ल्यायो नयाँ शाखा

काठमाडाैं ।  प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल देशका ७७ वटै जिल्लामा विस्तार गरेको छ ।

बैंकले दार्चुलाको महाकाली नगरपालिका-४ स्थित खलंगामा नयाँ शाखा संचालनमा ल्याएसँगै दार्चुला शाखा सञ्जाल देशका सबै जिल्लामा विस्तार भएको हो ।

दार्चुला शाखा बैंकको ३१२औं शाखा कार्यालय हो । बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै त्यहाँका स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ । साथै, यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण टेवा पुग्नेछ बैंकको विश्वास छ ।

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरूमा शाखा कार्यालय खाेली सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ । प्रभु बैंकको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे छ ।

बीवाइडी हाइ टेक विक सम्पन्न, 'एटो ३' को १० लाख १० हजारौं युनिट डेलिभरी Read Previous

बीवाइडी हाइ टेक विक सम्पन्न, 'एटो ३' को १० लाख १० हजारौं युनिट डेलिभरी

लगातार २११ अंकको वृद्धिपछि नेप्सेमा करेक्सन, हिमालयन रिमा झुम्मिए लगानीकर्ता Read Next

लगातार २११ अंकको वृद्धिपछि नेप्सेमा करेक्सन, हिमालयन रिमा झुम्मिए लगानीकर्ता