लगातार २११ अंकको वृद्धिपछि नेप्सेमा करेक्सन, हिमालयन रिमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा करेक्सन आएको छ । गत फागुन ४ गतेदेखि लगातार २११ अंकले बढेको नेप्सेमा आज भने दोहोरो अंकको करेक्सन आएको हो ।

सोमबार नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा आइपुगेको छ । आज सूचकसँगै गिरावट आए पनि कारोबार रकममा भने झिनो वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३ करोडले बढेर १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ८ को घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशतले बढेको छ भने होटल समूहको १.८८ प्रतिशतले घटेको छ ।

आज पनि पुनर्बीमा कम्पनीहरूको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ३८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको दोस्रो धेरै ७३ करोड रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज समाज लघुवित्तका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

७७ जिल्लामै पुग्यो प्रभु बैंक, दार्चुलामा संचालनमा ल्यायो नयाँ शाखा Read Previous

७७ जिल्लामै पुग्यो प्रभु बैंक, दार्चुलामा संचालनमा ल्यायो नयाँ शाखा

नयाँ बसपार्कका सबै काउन्टरबाट अनलाइन प्रणालीमा टिकट काट्न सुरू Read Next

नयाँ बसपार्कका सबै काउन्टरबाट अनलाइन प्रणालीमा टिकट काट्न सुरू