काठमाडौं । बीवाइडी हाइ टेक विक सम्पन्न भएको छ । बीवाइडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ५ दिने हाइटेक विक सफलतापूर्वक समापन गरेको हो ।
काठमाडौं नयाँबानेश्वरस्थित एभरेष्ट होटल परिसरमा आयोजित हाइ टेक विकमा बीवाइडीको अत्याधुनिक प्रविधियुक्त ई-प्लेटफर्म ३.० तथा कम्पास टर्न, ट्यांक टर्न र अटोमेटिक पार्किङ जस्ता इन्टेलिजेन्ट भेइकल कन्ट्रोल फिचरहरू लाइभ शोकेस गरिएको थियो ।
चीन वाहिर पहिलो पटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यू इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो ।
सबै उमेर समूहका अवलोकनकर्ताहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको सो इभेन्टमार्फत उनीहरूले दिगो मोबिलिटीको भविष्यलाई प्रत्यक्ष देख्ने अवसर पाएका थिए ।
साइमेक्स इंक प्रालिकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले नेपालमा बीवाइडी हाई-टेक विक अभूतपूर्व रुपमा सम्पन्न भएको बताइन् ।
‘चीन बाहिर पहिलो पटक आयोजना गरिएको बीवाइडी हाइ टेक विक अभूतपूर्व रुपमा सफलतापूर्वक सम्पन्न भएको छ । अवलोकनकर्ताहरूबाट उत्साहजनक रुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ,’ उनले भनिन्, ‘हामी विश्वव्यापी रुपमा भइरहेको ईभी रुपान्तरणमा नेपालको भूमिकाका कारण सम्मानित भएका छौं ।’
नवीन प्रविधि र अद्वितीय ग्राहक सेवामार्फत हरित भविष्य सुनिश्चित गर्दै विश्वस्तरीय इलेक्ट्रीक सवारी साधन नेपाली बजारमा भित्र्याउने कार्यमा साइमेक्स इंक सदैव प्रतिबद्ध रहेको उनले बताइन् ।
हाइ टेक विकको स्मरणमा साइमेक्स इंकले सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाइडी ईभीमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ । सो अफर आगामी मार्च ९ सम्म जारी रहने छ । यसले विश्वसनियता र ग्राहक सन्तुष्टीका लागि बीवाईडीको अटुट प्रतिबद्धतालाई दर्शाएको कम्पनीको भनाइ छ ।
एटो थ्रीको १० लाख १० हजारौंको माइलस्टोन पूरा
बीवाइडी हाइ टेक विककै दौरान बीवाइडी एटो थ्रीको १० लाख १० हजारौं ग्लोबल माइलस्टोन डेलिभरी गरिएको छ । साइमेक्सले एटो थ्रीको १० लाख १० हजारौं युनिट स्वरुप ग्राहकलाई हस्तान्तरण गरेको हो ।
यो ऐतिहासिक उपलब्धिले इलेक्ट्रिक मोबिलिटीमा भइरहेको विश्वव्यापी रुपान्तरण र यसको एक महत्वपूर्ण बजारको रुपमा नेपाल रहेको तथ्यलाई पुनः पुष्टि गरेको कम्पनीले जनाएको छ ।