सिटिजन लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ ।

सिटिजन लाइफ एचआरएक नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो ।

यस अवार्डको लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनी मध्येबाट सिटिजन लाइफ इन्स्योरेन्स यस अवार्ड जित्न सफल भएको छ ।

नेपाली बीमा कम्पनीहरूको वित्तीय विवरण, सूचांकहरू, सुशासन आदि अध्ययनको आधारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बीसीले अवार्ड ग्रहण गरे ।

सिटिजन लाइफ नेपालमा बीमाको दीगो विकास रणनीति तथा बीमाको पहुँच वृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो । स्थापनाको छोटो अवधीमा सिटिजन लाइफले उत्कृष्ट, नतिजामुखी बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

युरोपियन उत्पादनलाई २५ प्रतिशत कर लगाउने ट्रम्पको योजना Read Previous

युरोपियन उत्पादनलाई २५ प्रतिशत कर लगाउने ट्रम्पको योजना

पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध, यात्रु बाटोमै अलपत्र Read Next

पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध, यात्रु बाटोमै अलपत्र