युरोपियन उत्पादनलाई २५ प्रतिशत कर लगाउने ट्रम्पको योजना

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू) बाट आउने कारसहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने योजना बनाएको बताएका छन् ।

ट्रम्पले बुधबार आफ्नो मन्त्रिपरिषद्का सदस्यहरूसँगको भेटमा पत्रकारहरूलाई यस्तो जानकारी दिएका हुन् । उक्त निर्णय चाँडै कार्यान्वयनमा ल्याइने ट्रम्पले बताएका छन् ।

‘हामी चाँडै नै यसको घोषणा गर्नेछौं,’ ट्रम्पले भने, ‘यो सामान्यतया २५ प्रतिशत हुनेछ । त्यो कार र अन्य सबै कुराहरूमा हुनेछ ।’

उनले इएयूलाई ‘संयुक्त राज्य अमेरिकालाई फसाउन’ सिर्जना गरिएको समूह रहेको दाबी गरेका छन् । अमेरिकाको युरोपेली संघसँग करिब ३०० अर्ब डलरको व्यापार घाटा रहेको उनले बताए ।

अमेरिकासँग उनीहरूले फरक तरिकाले फाइदा उठाएको भन्दै ईयूले आफ्ना उत्पादनहरू स्वीकार नगरेको आरोप लगाए । ईयूले मूलतः कृषि उत्पादनहरू स्वीकान नगर्ने उनको भनाइ छ ।

युरोपेली संघले भने ‘अनुचित करहरू विरुद्ध दृढतापूर्वक र तुरुन्तै प्रतिक्रिया दिने’ बताएको छ ।

ट्रम्पले सत्ता सम्हाले लगत्तै क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत कर लगाएका थिए । त्यसको चौतर्फी विरोध भएपछि १ महिनाका लागि स्थगित गरेका थिए ।

त्यस्तै, फेब्रुअरीदेखि चीनलाई पनि १० प्रतिशत कर लगाएको छ ।

बिजुलीको महसुल नतिर्ने तुलसीपुरका ८८८ ग्राहको लाइन् काटियो Read Previous

बिजुलीको महसुल नतिर्ने तुलसीपुरका ८८८ ग्राहको लाइन् काटियो

सिटिजन लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित Read Next

सिटिजन लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित