पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध, यात्रु बाटोमै अलपत्र

खलङ्गा (दार्चुला) । महाकाली नगरपालिका-५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।

पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए। सडक अवरुद्ध हुँदा बिहानैदेखि तराईबाट जिल्ला सदरमुकामका लागि छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन् ।

यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिए। सोही ठाउँमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो । उक्त ठाउँमा केही समयअघि सडक मर्मत सम्भार गरिएको थियो । रासस

सिटिजन लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित Read Previous

सिटिजन लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित, उडान रद्द र डाइभर्ट Read Next

प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित, उडान रद्द र डाइभर्ट