अब कृषि र ऊर्जा क्षेत्रको कर्जा खरिदबिक्री गर्दा अनिवार्य लेनदेनको अभिलेख राख्नुपर्ने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहित कर्जालाई एक आपसमा खरिदबिक्री गर्दा लेनदेनको अभिलेख अनिवार्य राख्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै त्यस्तो कर्जा खरिदबिक्री गर्दा सो कर्जा बराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा अभिलेख जनाउनुपर्नेछ व्यवस्था गरेको हो ।

यस्तै, उक्त खरिद गरिएको कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले मात्र तोकिएको क्षेत्रमा प्रवाहित कर्जाको रुपमा गणना गर्न पाउने व्यवस्था गरिएको छ ।

आज काठमाडौंका यी सडकमा सवारी चलाउन नपाइने Read Previous

आज काठमाडौंका यी सडकमा सवारी चलाउन नपाइने

मौद्रिक नीति समीक्षाका यी व्यवस्था, जसले 'बढाउन सक्छ' सेयर बजार Read Next

मौद्रिक नीति समीक्षाका यी व्यवस्था, जसले 'बढाउन सक्छ' सेयर बजार