काठमाडौं । नेपाल राष्ट्र बैंकले असल कर्जाको प्रोभिजन घटाएको छ ।
राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै असल कर्जाको प्रोभिजन दर ०.१ प्रतिशत बिन्दुले घटाएको हो ।
यसअघि असर कर्जामा १.१ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो भने अब १ प्रतिशत मात्रै प्रोभिजन गरे हुने भएको छ ।
मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि यथावत राखिएको छ ।
त्यस्तै, नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरेको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था
गरेको छ ।