ईभीमा कर्जा लगानीमा राष्ट्र बैंकको कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी (ईभी)को कर्जा लगानीमा कडाइ गरेको छ ।

राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ईभीको ऋण मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) ६० प्रतिशतमा झारेको हो ।

यसअघि विद्युतीय सवारीमा लोन टु भ्यालु रेसियो ८० प्रतिशत थियो ।

राष्ट्र बैंकले आइसीई इन्जिन (पेट्रोल/डिजेल) गाडीको कर्जा लगानीमा भने लचकता अपनाएको छ । यसअघि ५० प्रतिशत रहेको लोन टु भ्यालु रेसियो बढाएर ६० प्रतिशत पुर्याएको छ ।

‘व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भनिएको छ ।

१० दिनसम्म नभेटिएका व्यक्तिका परिवारलाई मृतक सरह राहत दिइने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय Read Previous

१० दिनसम्म नभेटिएका व्यक्तिका परिवारलाई मृतक सरह राहत दिइने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

असल कर्जाको ‘प्रोभिजन’ दर घट्यो, यस्ता छन् मौद्रिक नीति समीक्षाका व्यवस्था (पूर्णपाठ) Read Next

असल कर्जाको ‘प्रोभिजन’ दर घट्यो, यस्ता छन् मौद्रिक नीति समीक्षाका व्यवस्था (पूर्णपाठ)