सुनको मूल्यले बनायो इतिहासकै महँगोको रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि कात्तिक १५ र फागुन ८ गते सबैभ्न्दा धरै प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । अमेरिकाले विश्वभर कर्पोरेट वार सुरु गरेपछि विश्वभरका लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य लगातार बढिरहेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ९४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर १९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

धुलिखेलमा बस दुर्घटना हुँदा १८ घाइते Read Next

धुलिखेलमा बस दुर्घटना हुँदा १८ घाइते