धुलिखेलमा बस दुर्घटना हुँदा १८ घाइते

धुलिखेल । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नंको यात्रुवाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ ।

उक्त बसमा चालक र सहचालकसहित २४ जना सवार रहेकामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए। जसमध्ये सात जनाको अवस्था मध्यम रहेको र अरू सबै सामान्य रहेको जनाएको छ ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए ।

सुनको मूल्यले बनायो इतिहासकै महँगोको रेकर्ड Read Previous

सुनको मूल्यले बनायो इतिहासकै महँगोको रेकर्ड

एउटै गाउँपालिकामा १३ जलविद्युत् आयोजना Read Next

एउटै गाउँपालिकामा १३ जलविद्युत् आयोजना