काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स संचालक समितिको फागुन १२ गते बसेको बैठकले सेयरधनीलाई १.२४९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद गरी कुल ९.२४९८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।